वाणिज्य बैंकहरुले पुसमा ब्याजदर नबढाउने संकेत, आजै निर्णय गर्दै बैंकर्स संघ
काठमाडौं । आगामी पुस महिनामा ब्याजदर नबढ्ने भएको छ । पुस महिनामा वाणिज्य बैंकले मंसिरकै ब्याजदर कायम गर्ने संकेत देखिएको हो ।
मंसिर २६ गते सोमबार बसेको नेपाल बैकर्स संघको बैठकमा ब्याजदरको विषयमा छलफल भएको हो । पुसमा ब्याजदर वृद्धि गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भईरहेको र निर्णय भईनसकेको बैंकर्स संघले जनाएको छ ।
बैंकहरुले मंसिरमा पनि अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका थिए । बैंकहरुले मंसिरमा पनि ब्याजदर बढाएका थिएनन्। मंसिरमा बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत तथा बचतको न्युनतम ७.१३३ प्रतिशत र अधिकतम ९.१३३ प्रतिशतसम्म कायम गरेका छन् ।













