एचआइडीसीएलले गर्यो लाभांश घोषणा, बुक क्लोजको मिति समेत तय
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस र ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरे पछि मात्र शेयरधनीहरुलाई वितरण गरीनेछ । कम्पनीको ११औं वार्षिक सधारण सभा पुष २६ गतेका लागि बोलाएको छ ।
साधारण सभा प्रयोजनका कम्पनीको पुष १४ गते बुक क्लोज गर्ने भएको हुदाँ पुष १३ गतेसम्म कायश शेयरधनीहरुलाई मात्र लाभांश र सभामा भाग लिन पाउनेछन् ।




















