एनआरएनएले गाईघाटमा स्तन क्यान्सर परीक्षण र जनचेतना जोगाउन निशुल्क स्वास्थ्य शिविर सञ्चालन « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

एनआरएनएले गाईघाटमा स्तन क्यान्सर परीक्षण र जनचेतना जोगाउन निशुल्क स्वास्थ्य शिविर सञ्चालन



काठमाडौं । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको आयोजना तथा पहलमा गाईघाट त्रियुगा हाईस्कुलमा निशुल्क स्वास्थ्य शिविरको आयोजना कार्यक्रम सम्पन्न गरेको छ । यस शिविरमा उदयपुरका विभिन्न ग्रामीण भेगबाट ३०० भन्दा बढी महिलाले सहभागीता जनाएका थिए ।

स्वास्थ्य शिविरमा त्रियुगा नगरपालिका वडा नम्बर ११ र उदयपुर जेसीको सहयोग रहेको थियो । परराष्ट्रमन्त्री डा नारायण खड्काले स्वास्थ्य शिविरको उद्घाटन गर्दै यस्तो नोबेल र मानवीय कार्यका लागि गैरआवासीय नेपाली संघलाई धन्यवाद दिनु भएको थियो ।

स्वास्थ्य शिविरको संयोजन स्वास्थ्य समितिका सभापति डा सञ्जीव सापकोटाले गर्नु भएको थियो । महिलाहरुको जाँच गर्ने विज्ञहरुमा क्यान्सर रोग विशेषज्ञ डा अरुण शाही हुनुहुन्थ्यो भने डा पूनम केसी, नर्भिक अस्पतालका नर्सिङ निर्देशकस उदयपुर जिल्ला अस्पतालका मेडिकल अधिकृत डा अमृत कर्णले परिक्षणका दौरान सक्रियताका साथ सहयोग गर्नु भएको थियो ।

उदयपुर जेसिसकी सुश्री साबु थापाको सहयोगमा स्वास्थ्य शिविरको तयारी र व्यवस्थापनस गाईघाटका फर्मासिस्ट ब्रम्हदेव महतो र त्रियुगा नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष सुमन्त कोइरालाको पनि उपस्थिति रहेको थियो । स्वास्थ्य शिविरको बारेमा समुदायले राम्रो प्रतिक्रिया दिँदै यसपटक सहभागी हुन नसकेका महिलाले स्वास्थ्य लाभ लिन सक्ने गरी यस्तो शिविर दोहोर्‍याउनुपर्ने बताएका थिए ।

यस अघि गत महिना संघकी कार्यकारी अध्यक्ष रविना थापाले गाईघाटको भ्रमण गर्नु भएको र सो क्षेत्रमा स्वास्थ्य शिविर संचालन गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । उनले स्वास्थ्य शिविर संचालन गर्न सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिनु भएको छ ।


प्रतिक्रिया दिनुहोस्