म्युचुअल फण्डको लाभांशः सानिमा इक्विटी फण्डले २२ प्रतिशत दिँदा २ वटाको २१ प्रतिशत, अन्य कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न कम्पनीका २८ म्युचुअल फण्ड सूचीकृत भएका छन् । पछिल्लो समय म्युचुअल फण्डमा लगानीकर्ताको आकर्षण बढ्दो छ । गत बर्ष शेयर बजार उल्लेख्य बढेपछि म्युचुअल फण्डका लगानीकर्ताले पनि मनग्य लाभांश प्राप्त गरेका छन् ।
गत आर्थिक बर्ष २०७८–७९ मा १३ वटा नेप्सेमा सूचीकृत म्युचुअल फण्डले मात्रै इकाईधनीहरुलाई लाभांश वितरण गरेका छन् । अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना शेयरधनीहरुलाई लाभांश खुवाइ रहेका बेला म्युअुल फण्डहरुले पनि लाभांशघोषणा गरेका हुन ।
हालसम्म लाभांश घोषणा गरेका १३ वटै फण्डहरुले नगद लाभांश मात्र जोड दिएका छन् । फण्डहरुले आफ्ना इकाईधनीहरुलाई नगद लाभांश मात्र जोड दिएका हुन ।
१३ फण्डहरु मध्य सबैं भन्दा बढी सानिमा इक्विटी फण्डले लाभांश बढी दिएको छ । फण्डले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट इकाईधनीहरुलाई २२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
त्यस्तै, एनएमबि हाइब्रिड फन्ड १ र एनएमबि ५० ले बराबर लाभांश वितरण गर्ने भएका छन् । दुबैं फण्डले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई २१.०५२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका हुन ।
एनआइसी एशिया ग्रोथ फण्ड र एनआइसी एशिया ब्यालेन्सड् फण्डले आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई १३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
साथै, सनराइज फस्र्ट म्युचुअल फण्डले १२ प्रतिशत नगद लाभांश, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्वीट २ ले १० प्रतिशत नगद लाभांश, सिद्धार्थ इक्विटी फण्डले ९ प्रतिशत नगद लाभांश, नबिल ब्यालेन्सड् फण्ड २ ले ७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
साथै, १३ म्युचुअल फण्डमा सबै भन्दा कम लाभांश दिने एनआईबिएल प्रगति फण्ड रहेको छ । फण्डले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट ४.२ प्रतिशत नगद लाभांश मात्र दिने भएको हो । साथै, नबिल इक्विटी फण्डले ५ प्रतिशत नगद, लक्ष्मी इक्विटी फण्ड ५ प्रतिशत नगद र लक्ष्मी उन्नती कोषले ५ प्रतिशत नगद लाभांश दिएको हो ।














