मनोरम दृष्यको केन्द्र बन्दैं चन्द्रागिरि हिल्स, भारतिय अभिनेता विवेक ओबेरोयले पनि गरे भ्रमण « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

मनोरम दृष्यको केन्द्र बन्दैं चन्द्रागिरि हिल्स, भारतिय अभिनेता विवेक ओबेरोयले पनि गरे भ्रमण



काठमाडौं । काठमाडौंमा बस्दैं आइरहेको तथा काठमाडौं घुम्न आउनेका लागि उपयुक्त गन्तब्यमा चन्द्रागिरि हिल्स पर्ने गरेको छ । पछिल्लो समय नेपाली मात्र नभइ विदेशीहरुको आकर्षक क्षेत्र बन्दैं आएको हिल्सले ब्यावसायमा समेत आक्रामय सफलता गर्दै आइरहेको छ ।

बुधबार भारतका चर्चित अभिनेता विवेक ओबेरोयले चन्द्रागिरि हिल्सको भ्रमण गर्नुभएको छ । पारिवारिक भ्रमणमा नेपाल आएका विवेक ओबेरोयले भ्रमणका क्रममा भालेश्वर महादेवको दर्शन गर्नुका साथै चन्द्रागिरि हिल्स रिर्सोटमा लन्च गर्दै मनोरम दृष्यहरुको पनि अवलोकान गरेका हुन । अभिनेता ओबेरोयलाई चन्द्रागिरिमा चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रवन्धक संजिव थापाले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराउनुभएको थियो ।

ओबेरोयले चन्द्रागिरि भ्रमण बारे प्रतिक्रिया दिदै काठमाण्डौको उच्च स्थानमा अत्यन्तै सुन्दर पर्यटकिय गन्तव्यको रुपमा चन्द्रागिरि रहेको बताए । साथै चन्द्रागिरि हिल्सका सम्पूर्ण परिवारलाई समेत धन्यवाद दिए । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँच तारे लक्सरी रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्