तपाइलाई पर्यो त बाराही हाइड्रोपावरको आईपीओ ? यसरी हेर्नुहोस् नतिजा
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आइपिओ बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आइतबार बिहान शेयर बाँडफाँड गरेको छ ।
कम्पनीको आईपिओमा १२ लाख ५८ हजार ४ सय २१ जनाले १ करोड ४३ लाख ५१ हजार ८ सय ३० कित्ताको लागि आवेदन दिएका थिए । जस मध्ये ६५ हजार ९ सय २७ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका ११ लाख ९२ हजार ४ सय ९४ जनालाई गोलाप्रथामा समावेश गराएर आईपिओ बाँडफाँड गरिएको छ ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट कम्पनीको आईपिओ बाँडफाँड गर्दा ५१ हजार ५ सय २२ जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।
कम्पनीको आइपीओ यी ४ साइटबाट हेर्ने सकिन्छ ।
सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट: iporesult.cdsc.com.np/
सिडीएससीको मेरोशेयरको वेबसाइट: meroshare.cdsc.com.np/#/login
बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलको वेबसाइट: https://www.niblcapital.com/
बाराही हाइड्रोको वेबसाइट: https://barahihydropower.com.np/













