एनआरएन नेपाल डेभलपमेन्टको साधारण सभा पुष २६ गते, के के छन् एजेण्डा ?
काठमाडौं । एनआरएन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेडले आफ्नो प्रथम वार्षिक साधारण सभा पुष २६ गतेका लागि बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, बालुवाटार, काठमाडौंमा साझ ५ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले आर्थिक वर्ष २०७७।०७८ र २०७८।०७९ सम्मको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले संचालकहरूको नियुक्तीका लागि निर्वाचन समेत गर्ने कार्यक्रम रहेको छ ।
यस वर्ष कम्पनीले ३ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने भएको छ ।













