पुषको पहिलो कारोबारको दिन नै शेयर बजारमा गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
१७ असार २०८२, मंगलबार

पुषको पहिलो कारोबारको दिन नै शेयर बजारमा गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । शेयर बजारमा अझैं सुधार आउन सकेको छैन । पुषमा बैंकहरुले ब्याजदर वृद्धि नगर्ने निर्णय गरेको र अर्थतन्त्रका अधिकांश सुचक सकारात्मक हुदैं गएको हुदाँ शेयर बजार बढ्ने प्रतिक्षामा बसेका लगानीकर्तालाई फेरी खिन्न बनाएको छ ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.५४ अकंले बढेर १८५५.०६ बिन्दुमा बन्द भएको छ । आइतबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २५० कम्पनीको ३७ लाख ७८ हजार ९५१ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब १५ करोड ७१ लाख ५५ हजार ९९ रुपैयाँको कारोबार भएको हो ।

आज कृषि विकास बैंकको शेयर सर्वाधिक खरिद कारोबार भएको छ । कम्पनीको शेयर आज ६ करोड २५ लाख ११ हजार रुपैयाँको कारोबार भएको हो ।

रिडी पावरको ५ करोड ४३ लाख १३ हजार रुपैयाँ, नबिल बैंकको ५ करोड ४१ लाख १३ हजार र नेपाल टेलिकमको ४ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्