नेपाल एसबिआई बैंकले बोलायो साधारण सभा, लाभांश पारित मुख्य एजेण्डा

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो २९औं वार्षिक साधारण सभा पुस २५ गतेका लागि बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब , भद्रकाली, काठमाडौंमा विहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
बैंकले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्तापूँजीको ३ प्रतिशत बोनस र ७.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश पारित गर्ने छ ।
साथै, सभाले गत आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७९।०८० का लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको समेत गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने कार्यसूची समेत सभाको रहेको छ । अध्यक्षका लागि प्रति बैठक १८ हजार र संचालकका लागि प्रति बैठक १५ हजार दिने प्रस्ताव बैंकले गरेको छ ।
साधारण सभा प्रयोजनका लागि बैंकले पुस १३ गते एक दिन बुक क्लोज गर्ने भएको हुदाँ पुस १२ गतेसम्म कायम शेयर धनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।