मल्टीपर्पस फाइनान्स र कालिका पावरको शेयर कारोबार रोक्का, यस्तो छ कारण « Arthapath.com
७ पुष २०७९, बिहीबार

मल्टीपर्पस फाइनान्स र कालिका पावरको शेयर कारोबार रोक्का, यस्तो छ कारण



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले २ कम्पनीको शेयर कारोबार रोक्का गरेको छ ।

बिहिबार मल्टीपर्पस फाइनान्स र कालिका पावरको सेयर कारोबार रोक्का गरेको छ । दुवै कम्पनीले दोस्रो बजारमा प्रत्यक्ष प्रभाव पार्ने लाभांश सम्बन्धी सूचना समयमा नदिएको भन्दै नेप्सेले कारोबार रोक्का गरेको हो ।

नेप्सेले सेयर कारोबार रोक्का गर्दै दुवै कम्पनीलाई ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्न समेत निर्देशन दिएको छ ।


प्रतिक्रिया दिनुहोस्