६ कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए « Arthapath.com
१७ असार २०८२, मंगलबार

६ कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए



काठमाडौं । साताको तेस्रो कारोबारको दिन शेयर बजार सामान्य अकंले घटेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.८१ अकंले घटेर १९७२.१५ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५७ कम्पनीको ६५ लाख ३० हजार ४१५ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब १५ करोड ३५ लाख ४७ हजार २०७ रुपैयाँको कारोबार भएको छ ।

बुधबार ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज सेन्ट्रल फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त, सिर्जनशील लघुवित्त र वीन नेपाल लघुवित्तको शेयरमा सर्किट लागेको हो ।


प्रतिक्रिया दिनुहोस्