नेप्सेमा चार कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप ४ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । बुधबार नेप्सेले ३ बैंक सहित ४ कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।
नेपाल बैंकको नेप्सेले ३ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य २८० रुपैयाँ ८८ पैसा तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य २८६ रुपैयाँ ८० पैसाको आधारमा शेयर मूल्य संमायोजन गरेको हो ।
प्राइम बैंकको ४ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य २२० रुपैयाँ १० पैसा तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य २२८ रुपैयाँ ९० पैसाका आधारमा शेयर मूल्य समायोजन भएको हो ।
मितेरी डेभलपमेन्ट बैंकले १२.३५ नेप्सेले प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य ३६४ रुपैयाँ ९३ पैसा कायम गरेको छ । कम्पनीको अन्तिम शेयर मूल्य ४१० रुपैयाँको आधारमा समायोजन भएको छ ।
एचआइडीसीएलको ५ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य १७७ रुपैयाँ १४ पैसा कायम गरेको छ । कम्पनीको अन्तिम शेयर मूल्य १८६ रुपैयाँका आधारमा शेयर मूल्य समायोजन भएको छ ।
कम्पनीको शेयर मूल्य भोलि (बिहिबार) बाट सोहि मूल्यका आधारणमा दोस्रो बजारमा कारोबार हुनेछ ।