तीन इन्स्योरेन्ससहित ७ कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ता भए मालामाल

काठमाडौं । बुधबार सामान्य अकंले घटेको शेयर बजार बिहिबार भने फेरी उछाल आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५६.८८ अकंले बढेर २०२९.०३ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५७ कम्पनीको ८० लाख २४ हजार ५५९ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ८६ करोड ३ लाख ४५ हजार ७८१ रुपैयाँको कारोबार भएको छ ।
आज ७ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज हिमालयन उर्जा विकास, सानिमा लाइफ इन्स्योरेन्स, सिर्जनशील लघुवित्त, धौलागिरी लघुवित्त, अजोड इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको शेयरमा सर्किट लागेको छ ।
