लगानीकर्तालाई उत्कृष्ट प्रतिफल दिनु नै पर्छ अन्य विकल्प नै छैन: अध्यक्ष अमिर प्रताप राणा
काठमाडौं । आजदेखि (पुस १७ गते) कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार सुरु भएको छ । मर्जपछि कुमारी बैंकको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।
एकीकृत कारोबारमा बौल्दैं कुमारी बैंक लिमिटेडका अध्यक्ष अमिर प्रताप राणा लगानीकर्तालाई ब्यापक प्रतिफल दिन बैंक सफल हुनुपर्ने बताएका छन् । चौथो नम्बरको बैंक बनेको र तेस्रो नम्बरको बैंक बन्न सधै क्रियाशिल रहेने उनको भनाई थियो ।
‘हिजोको एनसीसी बैंकले दिएको र हिजो कुमारी बैंकले दिएको प्रतिफल भन्दा ब्यापक प्रतिफल आउनु नै पर्छ अन्य विकल्प नै छैन’ उनले भने । सम्पूर्ण टिमले प्रतिफल राम्रो दिनु पर्ने भन्ने कुरा सबैंको मन अनि दिमागमा हुनु जरुरी रहेको भन्दैं हामीबाट हुने जस्तो सुकै सहयोगबाट आफु तयार रहेको अध्यक्ष राणाले बताए ।
उक्त कार्यक्रमममा बौल्दैं एनसीसी बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले बैंकिङ सेवालाई ब्यापार नभई सेवाको रुपमा ग्रहण गर्नुपर्ने बताएका छन् । बोर्डमा एकता नभए कुनै उर्जा नहुने भएकाले हाम्रो एकता सिर्जनशिल रुपमा हुने पर्ने उनको भनाए थियो ।
मर्जर पश्चात बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको केन्द्रीय कार्यालय रहेको स्थान टंगालमा रहने छ ।
यी दुई बैंक एक आपसमा गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ हुनेछ । कुमारी बेंकको १४ अर्ब ७१ करोड ११ लाख ८३३ रुपैयाँ छ भने एनसिसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८० रुपैयाँ रहेको छ ।













