७ श्रावण २०८३, बिहिबार

तीन लघुवित्त र दुई इन्स्योरेन्सको शेयरका सर्किट, यी लगानीकर्ता मालामाल



काठमाडौं । शेयर बजार आज दोहोरो अकंले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.२६ अकंले बढेर २०४६.२९ बिन्दुमा बन्द भएको हो ।

आइतबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २६१ कम्पनीको १ करोड ८ लाख ८० हजार ९०४ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार ५१० रुपैयाँको कारोबार भएको छ ।

आज पाँच कम्पनीको शेयरका सकारात्मक सर्किट लागेको छ । कम्पनीको आज शिर्जनशिल लघुवित्त, खप्तड लघुवित्त, धौलागिरी लघुवित्त, अजोड इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको शेयरमा सर्किट लागेको छ ।


प्रतिक्रिया दिनुहोस्