शेयर बजारमा रौनक कायमै: कारोबार झण्डै ३ अर्ब, कति पुग्ला परिसूचक ? « Arthapath.com
१७ असार २०८२, मंगलबार

शेयर बजारमा रौनक कायमै: कारोबार झण्डै ३ अर्ब, कति पुग्ला परिसूचक ?



सरकारले समग्र अर्थतन्त्रसहित पुँजी बजार सुधार योजना आफ्नो मुख्य प्राथमिकतामा राखेपछि सेयर बजारमा निरन्तर रौनक देखा परेको छ । अर्थमन्त्री विष्ुण पौडेलले अगाडिको कार्यकालमा पूँजी बजार सुधारका लागि उत्कृष्ट काम गरेको भन्दैं लगानीकर्ता उत्साहित बनेका छन् । आम लगानीकर्ताको मनोविज्ञानमा सकारात्मक प्रभाव परेको अब शेयर बजार सहि दिसा लिने प्रतिक्रिया दिनछन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.५६ अकंले बढेर २०६३.८३ बिन्दुमा बन्द भएको छ । सोमबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २५३ कम्पनीको ८२ लाख ७१ हजार ३५५ कित्ता शेयर किनेबेच हुदाँ २ अर्ब ९६ करोड ९ लाख २७ हजार ४४० रुपैयाँको कारोबार भएको छ ।

आज नबिल बैंकको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर आज १६ करोड ८४ लाख ५१ हजार रुपैयाँको कारोबार भएको हो । साथै, हिमालयन डिस्टलरीको १६ करोड ६४ लाख ८२ हजार रुपैयाँ, एनआइसी एशिया बैंकको ११ करोड १४ लाख ५५ हजार रुपैयाँ, नेपाल टेलिकमको ८ करोड ३५ लाख ८५ हजार रुपैयाँको कारोबार भएको छ ।

सोमबार १० उपसूचकमा हरियाली छाएकोछ । आज बैंकिङ समूहको १ प्रतिशत, विकास बैंक समूहको १.७४ प्रतिशत, फाइनान्स समूहको १.२३ प्रतिशत, हाइड्रोपावर समूहको १.५२ प्रतिशत, जीवन बीमा समूहको ०.५२ प्रतिशत, निर्जीवन बीमा समूहको ३.०६ प्रतिशतले शेयर मूल्य बढेको हो ।


प्रतिक्रिया दिनुहोस्