नेप्सेमा बाराही हाइड्रोपावरको आइपीओ सूचीकृत, कति पायो ओपन रेञ्ज ? « Arthapath.com
१८ पुष २०७९, सोमबार

नेप्सेमा बाराही हाइड्रोपावरको आइपीओ सूचीकृत, कति पायो ओपन रेञ्ज ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको आइपीओ सूचीकृत भएको छ । सोमबार नेप्सेमा बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओ सूचीकृत भएको हो ।

कम्पनीको २५ लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो । यो शेयर धितोपत्रको दोस्रो बजारमा मंगलवारदेखि कारोबार गर्न सकिनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ६४ रुपैयाँ ९७ पैसा देखि १९४ रुपैयाँ ९१ पैसा ओपन रेञ्ज तोकेको छ ।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।


प्रतिक्रिया दिनुहोस्