शेयर बजारमा झिनो करेक्सन, साढे ३ अर्बको कारोबार हुदाँ ९ उपसूचक राताम्य « Arthapath.com
१७ असार २०८२, मंगलबार

शेयर बजारमा झिनो करेक्सन, साढे ३ अर्बको कारोबार हुदाँ ९ उपसूचक राताम्य



काठमाडौं । शेयर बजारमा आज सामान्य करेक्सन भएको छ । केहि दिन यता निरन्तर उकालो लागेको शेयर बजार आज सामान्य अकंले घट्न पुगेको हो । लगानीकर्ताले नाफा बुक गर्दा शेयर बजार ओरालो लाग्न पुगेको हो ।

वर्तमान मन्त्रिपरिषद् बैठकले पनि समग्र अर्थतन्त्रसहित पुँजी बजार सुधार्ने निर्णय गरेको छ । आम लगानीकर्ताको मनोविज्ञानमा सकारात्मक प्रभाव परेको अब शेयर बजार सहि दिसा लिने प्रतिक्रिया आइरहेको हुदाँ शेयर बजार खासै ओरालो नलाग्ने विज्ञहरु बताउछन् ।

तरलता अवस्थामा सुधार हुँदै गएको छ । आगामी दिनमा ब्याजदर पनि घट्ने अनुमान गरिएको छ यी कुराले पनि शेयर बजार सुधार तिरै जाने आंकलन गर्ने थालिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.०३ अकंले घटेर २०६१.०६ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५७ कम्पनीको ८२ लाख २२ हजार ८३३ कित्ता शेयर किनेबेच हुदाँ ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७८७ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार हिमालयन डिस्टलरीको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर ४३ करोड १९ लाख ६४ हजार रुपैयाँको कारोबार भएको छ । साथै, एनआइसी एशिया बैंकको ९ करोड ६६ लाख ९५ हजार रुपैयाँ, शिवम सिमेन्टको ९ करोड ४९ लाख १२ हजार रुपैयाँ र हिमाल दोलाखा हाइड्रोपावरको ८ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ ।

साथै, .आज ४ उपसूचकमा मात्र हरियाली छाएको छ । आज होटल तथा पर्यटन समूहको २.६० प्रतिशत, माइक्रोफाइनान्स समूहको २.४४ प्रतिशत, म्युचुअल फवण्ड समूहको ०.३५ प्रतिशत र ब्यापार समूहको २.८९ प्रतिशतले शेयर मूल्य बढेको हो ।


प्रतिक्रिया दिनुहोस्