नयाँ ब्रोकर लाइसेन्सविरुद्ध परेको रिट हेर्न नभ्याइनेमा « Arthapath.com
१७ असार २०८२, मंगलबार

नयाँ ब्रोकर लाइसेन्सविरुद्ध परेको रिट हेर्न नभ्याइनेमा



काठमाडौं । नेपाल धितोपत्र बोर्डले वितरण गर्न लागेको नयाँ ब्रोकर लाइसेन्सविरुद्ध परेको रिट मंगलवार हेर्न नभ्याइनेमा राखिएको छ ।

न्यायाधीशद्वय हरिकृष्ण कार्की र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा उक्त रिट हेर्न नभ्याइनेमा राखिएको हो । नयाँ स्टक एक्सचेन्ज, कमोडिटिज एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै अधिवक्ता दीपक विक्रम मिश्रले गत असोज ३१ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लाई विपक्षी बनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्