छुट्नु होला है ! शुभम् पावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका
काठमाडौं । शुभम् पावर लिमिटेडले आइपिओमा आवेदन दिने आज (पुष २० गते) अन्तिम दिन रहेको छ । कम्पनीले पुष ६ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले सर्वसाधारणका लागि जारी पूँजी २० करोडको २० प्रतिशत अर्थात् ४ लाख कित्ता शेयरमध्ये २० प्रतिशत अर्थात् ४ लाख कित्तामा आयोजना प्रभावित क्षेत्रका बासिन्दामा वितरण हुन नसकेको १ लाख ८० हजार ५८० कित्ता थप गरी कुल ५ लाख ८० हजार ५८० को १० प्रतिशत अर्थात् ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि निष्कासन गरेकोे हो ।
आइपीओमा पुष २० गतेसम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सीडीएस एन्ड क्लियरिङ लिमिटेडको मेरोसेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सक्नेछन् ।
यसमा मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।













