नेप्सेमा मेरो माइक्रोफाइनान्स लघुवित्त र प्रिमियर इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । बिहिबार मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र प्रिमियर इन्स्योरेन्स कम्पनीको शेयर मूल्य नेप्सेमा समायोजन भएको हो ।
मेरो माइक्रोफाइनान्सको १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयर मूल्य ८५८ रुपैयाँ ०९ पैसा तोकिएको । कम्पनीको अन्तिम मूल्य ९४३ रुपैयाँ ९० पैसाको आधारमा शेयर मूल्य समायोजन गरिएको हो ।
प्रिमियर इन्स्योरेन्स कम्पनीको १४.२५ प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य ६८९ रुपैयाँ ७२ पैसा तोकेको छ । कम्पनीको अन्तिम मूल्य ७८८ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरिएको हो ।