इक्रा नेपाल र गरिमा विकास बैंकको साधारण सभा आज, लाभांश पारित मुख्य एजेण्डा

काठमाडौं । २ कम्पनीको साधारण सभा आज (पुष २२ गत) बस्दैं छ ।
गरिमा विकास बैंकको सभा होटल पोखरा ग्राण्ड पोखरा कास्कीमा बस्ने गर्री आव्हान गरेको हो । सभाले गत वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गर्ने कार्य सूची रहेको छ । साथै अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने गाभिने तथा प्राप्ति प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारत पनि सभाको कार्य सूचीमा समावेश गरीएको छ ।
साधारण सभा प्रयोजन र लाभांशका लागि कम्पनीले पुष ८ गतेदेखि पुष २२ गतेसम्म बुक क्लोग गरेको हुदाँ पुष ७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।
इक्रा नेपाल लिमिटेडले दशौं वार्षिक साधारण सभा एलोफ्ट काठमाडौं ठमेलमा दिउँसो २ बजे बस्ने गरी आव्हान गरेको हो ।
आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र ५२.१७ प्रतिशत नगद लाभांश ( कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, गत आर्थिक वर्षको प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।