बम्पर लाभांशको पर्खाईमा महिला लघुवित्तका लगानीकर्ता: कहिले हुँदैछ घोषणा ? यस्तो छ कम्पनीको तयारी

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु लाभांशको पर्खाईमा छन् ।
बैंक तथा वित्तीय संस्थाहरुले धमाधम लाभांश घोषणा गरिरहँदा यति बेला अधिकांश लगानीकर्ताको ध्यान महिला लघुवित्त तर्फ केन्द्रित छ । गत वर्ष बम्पर लाभांश दिएको कम्पनीले यस वर्ष कति वितरण गर्छ भन्ने बजारमा चर्चा हुन थालेको छ ।
यता कम्पनीले भने लाभांश घोषणाको अन्तिम तयारी रहेको जनाएको छ । ‘कम्पनीको वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर आईसकेको छ, अब संचालक समितिको बैठक छिट्टै राखेर लाभांश घोषणाको निर्णय गर्दैछौं ।’–कम्पनी स्रोतले भन्यो । स्रोतका अनुसार कम्पनीले यही साता नै लाभांश घोषणा गर्ने तयारी गरेको हो । स्रोतले भन्यो,– ‘महिला लघुवित्त लगानीकर्ताको सर्वाधिक रोजाईमा परेको कम्पनी हो । यति बेला उहाँहरुको चासो यसको लाभांश तर्फ छ । अब केही दिनमै हामी लाभांश घोषणा गर्नेछौं ।’
कम्पनीले गत आर्थिक वर्षमा भने ५० प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले अघिल्लो आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई ४५ प्रतिशत र ५ प्रतिशत नगद लाभांश दिएको थियो । यस वर्ष भने कम्पनीले आफ्ना सेयरधनीहरुलाई कति लाभांश दिन्छ भन्ने अनुमान भने लगाउन सक्ने अवस्था छैन । तर, लगानीकर्ता भने बम्बर लाभांशको पर्खाईमा देखिन्छन् ।
गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा कम्पनीको चुक्ता पुँजी १४ करोड ७५ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोषमा भने २९ करोड ८३ लाख ४० हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १०१ रुपैयाँ ७६ पैसा छ ।
कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गछि निकै चर्चामा पुगेको थियो । महिला लघुवित्त नेपालको सेयर बजारमा धेरै लगानीकर्ताको रोजाईमा परेको कम्पनी हो । कम्पनीले अघिल्लो वर्षको माघ ३० गतेदेखि आईपीओ निष्काशन गरेको थियो ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका ४ लाख कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीको सेयर पाउने लगानीकर्ताले पनि छोटो समयै धेरै कमाउन सफल भएका थिए। कम्पनीका १० कित्ता सेयर पाउने लगानीकर्ताले ५७ हजार रुपैयाँसम्म कमाएका थिए ।