सबै सूचकका आधारमा ग्लोबल आइएमई बैंक देशकै ‘नम्बर वान’ बन्यो : अध्यक्ष ढकाल

काठमाडौं । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक देशकै ठुलो बैंक भएको दावी गरेका छन् ।
उनले बैंक अफ काठमाण्डूसंगको मर्जपछि एकीकृत कारोबार कार्यक्रममा अध्यक्ष ढकालले बैंक अधिकांश सुचकका आधारमा देशकै ठुलो भएको बताए हुन् ।
उनले मर्जरपछि बन्ने बैंकको कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक भएको दावी गरे छ। सोही अवसरमा ग्लोबल आइएमई बैंकले नेपालका कुल वित्तीय बजारका करिब १० प्रतिशत हिस्सा ओगटेको जानकारी गराए । उनले भने,-‘ बैंकको कुल सम्पत्ति ५ खर्ब ५ अर्ब, कुल पुजि ५७ अर्ब, कुल निक्षेप ४ खर्ब १२ अर्ब, कुल ऋण ३ खर्ब ७७ अर्ब पुगेको छ । बैंकको ग्राहक आधार ४० लाख पुगेको छ भने ११ सय सेवा केन्द्र पुगेको छ । अधिकांश सुचकको आधारमा नम्बर वान भएका छौं ।’ सोही अवसरमा राष्ट्र बैंकले अघि सारेको मर्जर नीति अनुसार आफौले २१ वटा संस्थालाई मर्जर गरेको पनि उनले बताए ।
बिओकेसंगको मर्जरपछि ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु भएको हो । मर्जर पश्चात बैंकको केन्द्रीय कार्यालय हाल ग्लोबल आईएमई बैंकको केन्द्रीय कार्यालय रहेको स्थान कमलादीमा रहने छ ।
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले गत असार २ गते प्रारम्भिक सहमति गरेका थिए । यी दुवै बैंक एक आपसमा गाभिनका लागि बैंकको कात्तिक २४ गते बसेको संचालक समितिको बैठकले समान हैसियत अर्थात १ः१ अनुपातमा एक आपसमा गाभिने निर्णय गरेको थियो । मर्जरमा जानका लागि यी दुवै बैंकले गत असार २ गते सम्झौता गरेका थिए ।