मंगलबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.३५ अकंले घटेर २१९०.४२ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५४ कम्पनीको २ लाख ८ करोड ४३ लाख ९५२ कित्ता शेयर किनबेच भएको छ । शेयर बजार ओरालो लाग्दा पनि ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार ५७९ रुपैयाँको कारोबार भएको छ ।
आज तारागाउ रेजेन्सिका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ८.७४ प्रतिशतले घटेको हो ।
बुद्धभुमि नेपाल हाइड्रोपावरको ७.४७ प्रतिशत, रिभर फल्स पावरको ६.८३ प्रतिशत र पोखरा फाइनान्सको ६.३५ प्रतिशतले घटेको हो ।
