नेप्सेमा आइएमई जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मंगलबार आइएमई जनरल इन्स्योरेन्सको ६ बोनस सेयरमा मूल्य समायोजन भएको हो।
समायोजनपछि कम्पनीको मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ २८ पैसा कायम भएको छ । कम्पनीको मंगलबारको अन्तिम कारोबार मूल्य ५ सय ३० रुपैयाँ ३० पैसालाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो ।
समायोजित मूल्यलाई आधार मानेर बिहीबार यसको कारोबार सूरु हुनेछ ।