‘ब्याजदर विस्तारै घट्दै जानेछ, लगानीकर्ताको आत्मविश्वास बढाउनेछ’: डेपुटी सीईओ ज्ञवाली « Arthapath.com
२४ असार २०८२, मंगलबार

‘ब्याजदर विस्तारै घट्दै जानेछ, लगानीकर्ताको आत्मविश्वास बढाउनेछ’: डेपुटी सीईओ ज्ञवाली



काठमाडौं । नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णयले लगानीकर्ताको आत्मविश्वास बढाउने बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेशबुक मार्फत बैंकर्स संघले ब्याजदर घटाएपछि लगानीकर्ताको आत्मविश्वास बढाउने प्रतिक्रिया जनाएका हुन ।

मुद्दति निक्षेपको ब्याजदर विस्तारै घट्दै जाने बताएका हुन् । बैंकर्स संघले आगामी माघ १ गतेदेखि लागू हुनेगरि ब्याजदर घटाएको हो । बुधवार सम्पन्न नेपाल बैंकर्स संघको विशेष साधारणसभामा उपस्थित बैंकरहरुले छलफल गरी ब्याजदर घटाउने निर्णय गरेका हुन् ।

नेपाल बैंकर्स एसोसिएशनले निक्षेपको ब्याज दर १० प्रतिशतले घटाउने भद्र सहमति गरेसंगै बैंकिंगको ५३ खर्ब ११ अर्ब रुपैयाँको कल निक्षेपमा १३ खर्ब ७१ अर्ब (२५.८१ प्रतिशत ) बचत निक्षेपको ब्याजदर १.१ प्रतिशतले तत्कालै घट्ने उनको भनाई छ ।

उनका अनुसार यसले १ अर्ब २५ करोड रुपैयाँ मासिक ब्याज खर्च घट्ने र कुल निक्षेपमा ३ खर्ब ३२ अर्ब (६.२६ प्रतिशत) मा ०.५५ प्रतिशतले ब्याजदर गर्दा तत्कालै १५ करोड रुपैयाँ मासिक ब्याज खर्च घट्नेछ । यसरी १ अर्ब ४० करोड रुपैयाँ ब्याज खर्च मासिक रुपमा तत्काल घट्ने उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले लेखेका छन्,–‘मुद्दति निक्षेपको ब्याजदर विस्तारै घट्दै जानेछ । यसले गर्दा बैंकिंगको आधार दर घट्न गई औसत कर्जाकोको ब्याजदर १२.६३ प्रतिशतबाट घट्न जाने छ । नयाँ कर्जाको ब्याजदर घट्न गई उद्यमशीलतामा टेवा पुग्ने छ । यसले लगानीकर्ताको आत्मविश्वास बढाउने छ । भएको साधन श्रोतलाई अर्थतंत्रलाई टेवा पुर्याउने गरी सदुपयोग गर्ने जिम्मेवारी हामी सबैमा छ।’

नेपाल बैंकर्स संघले माघ महिनामा ब्याजदर १.१३ प्रतिशतले घटाउने निर्णय भएको हो । माघ महिनामा वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ११ प्रतिशत, संस्थागत मुद्दति निक्षेपको ९ प्रतिशत र रेमिट्यान्समा १२ प्रतिशत ब्याजदर कायम गर्ने भएका छन् ।


प्रतिक्रिया दिनुहोस्