७० प्रतिशत लाभांश पारित गर्दै हिमालयन डिष्टिलरीको साधारण सभा सम्पन्न
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय विरगन्जमा सम्पन्न भएको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ६० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गनगरेको छ ।
साधारण सभा प्रयोजनाको लागि कम्पनीले पुष २० गते बुकक्लोज गरेको हुदाँ पुष १९ गतेसम्म कायम शेयरधनीहरुले लाभांश पाउनेछन् ।













