कांग्रेसले सरकारलाई विश्वासको मत दिए पछि शेयर बजारमा पहिरो, सरकारको स्थायित्व माथि प्रश्न ! « Arthapath.com
१६ असार २०८२, सोमबार

कांग्रेसले सरकारलाई विश्वासको मत दिए पछि शेयर बजारमा पहिरो, सरकारको स्थायित्व माथि प्रश्न !



काठमाडौं । मंगलबार नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दियो । सामाजिक सञ्जालमा पनि सरकारको समर्थनमा कांग्रेस पनि आएपछि सरकारको स्थायित्वमा प्रश्न उठेको छ ।

स्वयम् एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको यो समर्थनलाई ‘राजनीतिक जाल’ हुन सक्ने भन्दै संसदबाट शंका जनाएका छन् । अब प्रधानमन्त्री प्रचण्डलाई सरकार टिकाउन एकालेको जरुरत पर्ने छैन । त्यसकारण भावि सत्ता समिकरणमा मन्त्रीहरुको हैसियत बदलिनसक्ने टिप्पणीहरु भएका छन् ।

अहिले सेयर बजारले प्रधानमन्त्री प्रचण्डलाई होइन, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई बढी विस्वास गरेको हो । ब्यापारीसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने र राष्ट्र बैंकको नेतृत्वलाई समेत आफ्नो प्रभावमा राख्नसक्ने पौडेलले बजारको भविष्यलाई उज्वल पार्छन् भन्ने आशा धेरैले गरेका थिए । तर सत्तासमीकरणमा देखिएको नयाँ घटनाक्रमले पौडेलको निरन्तरता नरहने पो हो की भन्ने प्रश्न उब्जिएको लगानीकर्ता बताउँछन् । यसैले पनि शेयर बजार ओरालो लाग्दैं गरेको पाइन्छ ।

साथै, बजारले एक चौथाईभन्दा बढी आकार बृद्धि गरेपछि लगानीकर्ताले नाफा सुरक्षित गर्न थाल्नु स्वभाविक हो । अहिले पुस मसान्त आएकाले आय करको दोस्रो किस्ता बुझाउने रकम निकाल्न पनि कतिपय लगानीकर्ताले सेयर बेचेका छन् । यसैले पनि शेयर बजार ओरालो लागेको आंकलन भइरहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४१.०२ अकंले घटेर २१४९.४१ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५२ कम्पनीको १ करोड ४४ लाख ८२ हजार ९५९ कित्ता शेयर किनबेच हुदाँ ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार ७२४ रुपैयाँको कारोबार भएको छ ।

आज १३ वटा उपसूचक मध्य एक उपसूचकमा मात्र हरियाली छाएको छ । आज ब्यापार समूहको शेयर मूल्य मात्र ०.६६ प्रतिशतले बढेको हो भने अन्य १२ उपसूचक राताम्य भएका हुन ।

आज शिवम् सिमेन्टको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर २२ करोड २० लाख १२ हजार रुपैयाँको कारोबार भएको हो । साथै, रिडी पावरको १७ करोड ८३ लाख रुपैयाँ, ङादी ग्रुप पावरको १६ करोड ९४ लाख रुपैयाँ र अपी पावरको १४ करोड ४ लाख रुपैयाँको कारेबार भएको छ ।

आज कुमारी धनवृद्धि योजना, सिन्गटी हाइड्रो र बाराही हाइड्रोपावरको शेयरका सकारात्मक सर्किट लागेको छ ।


प्रतिक्रिया दिनुहोस्