जीवन बीमा बजार: व्यवसाय र नाफासंगै बोनस दर पनि वृद्धि: हालसम्म १२ वटाको सार्वजनिक, कुनको कति ?
जीवन बीमा बजार: व्यवसाय र नाफासंगै बोनस दर पनि वृद्धि: हालसम्म १२ वटाको सार्वजनिक, कुनको कति ?
काठमाडौं । सञ्चालनमा रहेकामध्ये १२ वटा जीवन बीमा कम्पनीहरुले आफ्ना बीमितलाई दिने बोनस दर सार्वजनिक गरेका छन् ।
कम्पनीहरुले आव २०७/७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सहति बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीहरुले बोनसदर सार्वजनिक गरेका हुन् ।
मुनाफा, बीमालेखको संख्या, पोलिसी ल्याप्स, सम्भावित जोखीम लगायतका आधारमा कम्पनीहरूले बीमांकीय मूल्यांकन मार्फत प्रत्येक वर्ष बोनसदर निर्धारण गर्नुपर्दछ ।
बोनसदर प्रतिहजारमा गणना हुन्छ । कम्पनीको पोलिसी र बीमा अवधिको आधारमा विभिन्न बीमालेखको बोनसदर फरक फरक हुनसक्छ । बोनसदर कायम गर्दा भने बीमितले तिरेको बीमाशुल्कले कुनै प्रभाव पार्दैन । बीमितको बीमांकको आधारमा नै प्रत्येक वर्ष तोकिएको बोनस रकम पाउन सक्छन् । बीमा अवधि सकिएपछि बीमितले बीमांकसहित प्रत्येक वर्ष आर्जित बोनस रकम एकमुष्ट पाउँछन् ।
बीमा एक्चुअरी मार्फत कम्पनीमा लेखापरिक्षण भएपश्चात एक्चुअरी कै निर्णयमा बोनस दर घोषणा गरिन्छ । तर, अघिल्लो आर्थिक बर्षको बोनसदर हालसम्म १२ वटा जीवन बीमा कम्पनीले नयाँ बोनस दर सार्वजकि गरेका हुन् । अघिल्लो बर्षको बोनसदर कम्पनीहरुले गत आवमा नै घोषणा गरिन सक्नुपर्ने हुन्छ ।
संचालनमा रहेकामध्ये हालसम्म १२ वटा जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को बोनस दर घोषणा गरेका हुन् । तर,
हालसम्म सूर्या लाइफ इन्स्योरेन्स, नेपाल लाइफ, रिलायवल लाइफ, नेशनल लाइफ, आइएमई लाइफ, ज्योति लाइफ, मेट लाइफ, एशियन लाइफ, सिटिजन लाइफ, प्राइम लाइफ, सन नेपाल लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले बीमितका लागि बोनस दर प्रकाशित गरेका हुन् ।
कम्पनीहरुको बोनस दरअनुसार न्युनतम २० रुपैयाँदेखि ९० रुपैयाँसम्म तोकेका छन् । २५ वर्षभन्दा बढी बीमाअवधि भएका बीमालेखरुमा उच्च बोन दर कायम गरेका छन् । लामो बीमा अवधिको बीमालेखबाट कम्पनीलाई धेरै फाइदा हन्छ, जसका कारण बढी बोनस दिने गरेको पाईन्छ ।
पछिल्लो समय बीमा व्यवसाय पनि वृद्धि भईरहेको छ । व्यवसाय र कम्पनीहरुको नाफा वृद्धिसंगै बोनस दर पनि बढ्दै गएको छ । केही वर्षअघिसम्म प्रतिहजार ५० रुपैयाँसम्म मात्र बोनस दर घोषणा हुने गरेको थियो । पछिल्लो केही वर्षहरुमा भने कम्पनीहरुले अधिकतम ९० रुपैयाँसम्म बोनस दर कायम गरेको पाइन्छ ।
कुन कम्पनीको बोनस दर कति ?
सूर्या लाइफ इन्स्योरेन्स
सूर्या लाइफ इन्स्योरेन्सले आव २०७७/७८ को लागि नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनस दर दिने भएको हो ।
कम्पनीको अग्रिम भुक्तानी सावधिक बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रतिहजार न्यूनतम ४२ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँ, सावधिक जीवन बीमामा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ बोनस पाउनेछन् । यस्तै सावधिक तथा आजीवन बीमालेखमा बीमितले न्युनतम ४० रुपैयाँ देखि ७० रुपैयाँ बोनस दर सार्वजनिक गरको छ । चौरासी पुजा अग्रिम नियमित भुक्तानी योजनामा न्युनतम ४५ रुपैयाँदेखि ६५ रुपैयाँ, एकल भुक्तानीमा ७५ रुपैयाँदेखि ९० रुपैयाँसम्म बोनस वितरण गर्नेछ । सूर्या लाइफ हाल ज्योति लाइफसंग मर्जरमा गई एकीकृत कारोबार थालनी गरिसकेको छ ।
नेपाल लाइफ
नेपाल लाइफ इन्स्योरेन्सले पनि आव २०७७/७८ को लागि नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले ६० रुपैयाँदेखि ८२ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । कम्पनीले अघिल्लो वर्षझै सर्वाधिक लाभ पाउने गरी बोनसदर घोषणा गरेको छ ।
कम्पनीले सावधिक जीवन बीमालेख (सुरक्षित जीवन बीमा, जीवन ज्योति, ग्रामिण सावधिक, सावधिक लघु, केटाकेटी बाल शिक्षा योजना र जीवन लक्ष्मी) योजनामा २० वर्ष अवधिसम्मको लागि समान प्रति हजार ६० रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै, २१ देखि २५ वर्ष अवधीका लागि ७० रुपैयाँ र २६ वर्षदेखि माथिका लागि प्रति हजार ८२ रुपैयाँ बोनस निर्धारण गरेको छ । सावधिक जीवन बीमालेख (नौलो सुरक्षित जीवन बीमा) योजनामा न्युनतम ६५ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ । सावधिक तथा आजिवन बीमा लेख (जीवन साहारा) बीमालेख अन्तर्गत १० वर्ष अवधीसम्म, ११ देखि १५ र १६ देखि २० वर्ष अवधीका लागि प्रतिहजार ६० रुपैयाँ, २१ देखि २५ वर्ष अवधीका लागि ७० रुपैयाँ र सो भन्दा माथिका लागि ८२ रुपैयाँ बोनस निर्धारण गरेको छ । अग्रिम भुक्तानी सावधिक बीमालेख (जीवन सम्बृद्वि) योजनामा १५ वर्षेका लागि प्रति हजार ५६ रुपैयाँ र २० वर्ष अवधीका लागि प्रतिहजार ५८ रुपैयाँ बोनस निर्धारण गरेको छ । अग्रिम भुक्तानी सम्बन्धी बीमालेख अन्तर्गत धनवर्ष–१५, धनवर्षा २०, नौलो जीवन समृद्धि, जीवन शान्ति, जीवन उन्नती, सदाबहार जीवन लगायतका बीमा पोलिसीहरुमा समान प्रति हजार ६० रुपैयाँ बोनस निर्धारण गरेको छ ।
रिलायवल नेपाल लाइफ
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आव २०७७/७८ को लागि नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले २० रुपैयाँदेखि ७७ रुपैयाँसम्म बोनस दिने भएको छ ।
कम्पनीले रिलायबल सावधिक जीवन बीमा योजनामा प्रतिहजार न्युनतम ५० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीले लघु सावधिक जीवन बीमा योजनामा सबै बीमा अवधिको लागि ३० रुपैयाँ, रिलायवल सुलभ जीवन बीमालेखमा पाँचदेखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार २४ रुपैयाँ बोनस कायम गरेको छ । त्यस्तै, १० वर्षदेखि १४ वर्षसम्मको लागि प्रतिहजार २८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ३२ रुपैयाँ, २० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रतिहजार ४० रुपैयाँ बोनसदर कायम भएको छ ।
नेशनल लाइफ इन्स्योन्स
नेशनल लाइफ इन्स्योन्सको नयाँ बोनसदर अनुसार सबै बीमितिले न्यूनतम ६३ रुपैयाँदेखि अधिकतम् ८५ रुपैयाँसम्म बोनस पाउनेछन् । सर्वाधिक जीवन बीमा अन्तर्गत ९ वर्ष अवधिम, १० देखि १४ वर्ष अवधी तथा १५ देखि २० वर्ष अवधीका बीमा पोलिसीका लागि समान ६४ रुपैयाँ प्रतिहजार बोनस पाउनेछन् ।
त्यस्तै २१ देखि २५ वर्ष अवधीका बीमा पोलिसीले ७० रुपैयाँ प्रतिहजार, २६ देखि २९ वर्ष अवधीमा बीमा पोलिसीले ८५ रुपैयाँ प्रतिवर्ष प्रतिहजार बोनस पाउनेछन् । सावधिक तथा आजिवन बीमालेखहरुले ९ वर्ष अवधिमा, १० देखि १४ वर्ष अवधी तथा १५ देखि २० वर्ष अवधीका बीमा पोलिसीका लागि समान ६४ रुपैयाँ प्रति हजार प्रति वर्ष बोनस पाउनेछन् । २१ देखि २५ बीमा पोलिसीले ७० रुपैयाँ बोनस पाउनेछन् भने २६ वर्षभन्दा माथिका सबै बीमा पोलिसीले ८५ रुपैयाँ पाउनेछन् ।
त्यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखहरु नौ वर्ष अवधी तथा १० देखि १५ वर्ष अवधीमा बीमा पोलिसीहरुले समान ६३ रुपैयाँ प्रतिवर्ष प्रति हजार बोनस पाउनेछन् । १५ देखि १९ तथा २० देखि २५ वर्ष अवधीमा अग्रिम भुक्तानी बीमा पोलिसीहरुले ६४ रुपैयाँ बोनस पाउनेछन् ।
सन नेपाल लाइफ
सन नेपाल लाइफका इन्स्योरेन्सले नयाँ बोनस दर प्रकाशित गरेको छ । कम्पनलिे आर्थिक वर्ष २०७७/७८ को लागि बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर दिने भएको हो ।
कम्पनीको सनलाइफ सावधिक जीवन बीमा लेख, भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावधिक), बाल समृद्ध जीवन बीमालेख (बालवालिकाको सावधिक जीवन बीमा) र नवीन आजीवन बीमालेख (सावधिक तथा आजीवन) मा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउनेछन ।
सार्थक आजीवन बीमालेख (अग्रिम भुक्तानी तथा आजीवन) मा ३६ रुपैयाँ, सिमिति अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावधिक बीमा योजनाहरु (धनलक्ष्मी बीमा योजना समेत) मा २० रुपैयाँ देखि ३० रुपैयाँ सम्म बोनस पाउनेछन् । यस्तै धनञ्जय बार्षिक अग्रिम भुक्तानी जीवन बीमामा बीमिले बीमा अवधि अनुसार न्युनत २० रुपैयाँदेखि ३० रुपैयाँसम्म बोनस पाउनेछन् ।
आइएमई लाइफ
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को बोनसदर घोषणा गरेको छ । कम्पनीले न्युनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धाण गरेको छ । कम्पनीले सावधिक जीवन बीमालेखमा न्युनतम प्रतिहजार ३० रुपैयाँदेखि ७० रुपैयाँ, सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमालेखको हकमो न्युनतम ३० रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर कामय गरेको छ । अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ३० रुपैयाँदेखि ६३ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । जसमा मृत्यु दाबी, पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा समितिबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि यस कम्पनीले उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।
ज्योति लाइफ
ज्योति लाइफ इन्स्योरेन्से प्रतिहजार न्युनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने भएको हो । कम्पनीले सावधिक बीमालेख अन्तर्गत न्युनतम ४३ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ, अग्रिम भुक्तानी बीमालेख अन्तर्गत न्यूतम ४३ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । ज्योति ईजी पे जीवन बीमाअन्तर्गत बीमितहरुले न्यूतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । हाल कम्पनी सूर्या लाइफसंग मर्जरमा गई सूर्य ज्योति लाइफको नामबाट एकीकृत कारोबार सुरु भईसकेको छ ।
मेट लाइफ
मेट लाइफ इन्स्योरेन्सले न्यूनत्तम ५५ रुपैयाँदेखि अधिकत्तम ८० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । कम्पनीले सावधिक जीवन बीमालेखको १५ बर्षे अवधिको पोलिसीमा प्रति हजार ६० रुपैयाँ घोषणा गरेको छ ।
६ देखि २० बर्षे योजनाको लागि ७० र २१ व सो भन्दा माथिको अवधिको लागि जारी गरिएको पोलिसीमा प्रति हजारमा ८० रुपैयाँ घोषणा गरेको छ । त्यस्तै, सावधिक बीमालेखमा १५ बर्ष अवधिको पोलिसीमा २३ हजार २२३ वटा जारी गरेको छ । १६ देखि २० बर्ष अवधिको पोलिसीको लागि ७० रुपैयाँ घोषणा गरेको छ ।
यस्तो खालको पोलिसी कम्पनीले १६ हजार ३५७ वटा जारी गरेको छ । २१ व सो भन्दा मार्थिको अवधिको पोलिसीमा ८० रुपैयाँ तोकेको छ । यस्तो पोलिसी कम्पनीले तीन हजार ९८२ वटा जारी गरेको छ । अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्र्तगत १५ बर्षे योजना अवधिको पोलिसीको लागि ४५ रुपैयाँ तोकेको छ ।
यस्तो खालको पोलिसी कम्पनीले १९ हजार १९३ वटा जारी गरेको छ । १६ देखि २० बर्षे अवधिको पोलिसीको लागि ५५ रुपैयाँ तोकेको छ । यस्तो खालको पोलिसी कम्पनीले चार हजार ८४९ वटा जारी गरेको छ । त्यस्तै, २१ व सो भन्दा मार्थिको अवधिको पोलिसीको लागि कम्पनीले प्रति हजार ६५ रुपैयाँ तोकेको छ । यस्तो खालको पोलिसी चार हजार ७७९ वटा जारी भएको छ ।
प्राइम लाइफ
प्राइम लाइफ इन्स्योरेन्सले पनि नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले २०७८ असार मसान्तसम्म जारी भएका मुनाफमा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको हो
कम्पनीको सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा प्रति हजार न्यूनतम ३५ रुपैयाँ देखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउनेछन । कम्पनीले सावधिक तथा आजीवन बीमालेख बीमा अवधिको आधारमा न्युन्तम ३६ रुपैयाँ देखि ७५ रुपंयाँ र अग्रिम भुक्तानी सावधिक बीमालेखमा ५० रुपैयाँ देखि ८० रुपैयाँ बोनस दर निर्धारण गरेको छ । यस्तै प्राइम जीवन उपहार अग्रिम भुक्तानीमा ४२ रुपैयाँ र सावधिक बीमामा ४० रुपैयाँ बोनस दर तोकिएको छ ।
एशियन लाइफ
एशियन लाइफ इन्स्योरेन्सले बीमितहरुले न्यूनतम ४० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस दर दिने भएको छ ।
म्पनीले सावधिक तथा आजीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ५० रूपैयाँदेखि अधिकतम ७५ रुपैया, बालबालिकाको सावधिक जीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनस पाउनेछन् ।
कम्पनीले सावधिक जीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ४० रूपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनस कायम गरेको छ । त्यसैगरी, कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।
कम्पनीको नव रत्न, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ बीमा योजनामा प्रति हजार न्यूनतम ४० रूपैयाँदेखि अधिकतम ६० रूपैयाँसम्म बोनस प्राप्त गर्न सकिनेछ ।
सिटिजन लाइफ
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनस दर कायम गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ का लागि नयाँ बोनस दर कायम भएको हो ।
नयाँ बोनस दर अनुसार कम्पनीले न्यूनतम २५ रुपैयाँदेखि अधिकत् ७३ रुपैयाँ प्रतिवर्ष प्रतिहजार बोनस तोकेको छ ।कम्पनीले अग्रिम भुक्तानी सावधिकमा न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम् ५५ रुपैयाँसम्म निर्धारण गरेको छ । कम्पनीले १० वर्षदेखि १४ वर्षसम्मका लागि ४४ रुपैयाँ प्रतिहाजर प्रति वर्ष, १५ देखि १९ वर्ष अवधिका लागि ४९ रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ५५ रुपैयाँ बोनस दर कायम गरेको छ ।
यस्तै, कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत भने न्युनतम ३८ रुपैयाँदेखि ७३ रुपैयाँसम्म बोनस दर कायम गरेको छ ।सिटिजन शुभारम्भ योजना (सावधिक प्लस) बीमालेखका लागि ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म, वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखका लागि २५ रुपैयाँदेखि ३५ रुपैयाँसम्म बोनस दर कायम गरेको छ । त्यसैगरि सावधिक तथा आजीवन बीमालेखा (सिटिजन जीवन सारथी योजना) का लागि भने कम्पनीले ३७ रुपैयाँ ७० रुपैयाँसम्म बोनस दर कामय गरेको छ ।
सानिमा लाइफ
सानिमा लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को लागि बोनसदर सार्वजनिक गरेको छ ।
कम्पनीले २०७८ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने सम्पूर्ण जीवन बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनसदर निर्धारण गरेको छ । कम्पनीले बीमा योजना र बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर सार्वजनिक गरेको हो ।
सावधिक जीवन बीमा योजना(एकल) बीमा योजनामा कम्पनीले बीमा अवधि अनुसार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।













