अजोड र युनाईटेड इन्स्योरेन्सलाई मर्जरमा जान प्राधिकरणको सैद्धान्तिक सहमति, स्वाप रेसियामा परिवर्तन होला ?
अजोड र युनाईटेड इन्स्योरेन्सलाई मर्जरमा जान प्राधिकरणको सैद्धान्तिक सहमति, स्वाप रेसियामा परिवर्तन होला ?
काठमाडौं । अजोड इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्स मर्जरमा जाने भएका छन् । यी दुवै कम्पनीलाई मर्जरमा जानका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणले सैद्धान्तिक सहमति प्रदान गरेको छ ।
यी दुवै कम्पनीले एक आपसमा मर्जरमा जानका लागि गत पुस २६ गते सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । अजोड र युनाईटेड १००ः९० को अुपातमा मर्जरमा जान लागेका हुन् ।
यसअघि अजोडले प्रभु इन्स्योरेन्ससंग मर्जर सम्झौता गरेको थियो । तर, स्वाप रेसियो, प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी, नाम र संचालकमो टुंगो लगाउन नसकेपछि अजोडले मर्जर तोडेको थियो । प्रभु र अजोडले गत १ भदौमा मर्जरका लागि प्राधिकरणबाट पहिलो चरणको सहमति पाएका थिए ।
अजोड र युनाईटेड मर्जपछि कम्पनीको नाम युनाइटेड अजोड हुनेछ भने कम्पनीको सिइओ कुमारबहादुर खत्री हुने सहमति भएको छ । त्यस्तै, डिडिएपछि कम्पनीको स्वाप रेसियामा परिवर्तन गर्न सकिने विषयमा दुवै कम्पनीले सहमति जनाएका छन् ।














