४२ हजार भन्दा बढीले पाएको एनआइबिल ग्रोथ फण्डको यसरी हेर्नुहोस् नजिता !
काठमाडौं । एनआइबिल ग्रोथ फण्ड बाँडफाँट ४२ हजार ६२ जना आवेदकले प्राप्त गर्ने सफल भएका छन् । कम्पनी आज उक्त फण्ड आफ्ना क्यापिटलमा बिहान बाँडफाँट सम्पन्न गरेको हो ।
उक्त फण्ड पुष ७ गतेबाट खुल्ला भई पुष २१ बाट बिक्रि बन्द भएको थियो । सार्वजनिक निष्काशन अवधिभरमा यस योजनामा ४५,८३० जना विभिन्न संस्था तथा सर्वसाधारण लगानीकर्ताहरुबाट कुल १ अर्ब ३२ करोड भन्दा बढिको ईकाइ खरिदका लागी आवेदन परेको थियो । जसमा ३ हजार ७२३ जनाको आवेदन रद्ध भएको थियो भने ४८ जनाको दोहोरो आवेदन परेकाले रद्ध भएको थियो । योग्य ४२ हजार ६२ जनालाई उक्त इकाई बाँडफाँट गरेको हो ।
उक्त ग्रोथ फण्डको नजिता एनआईबिल क्यापिटल लिमिटेडको बेवसाइट https://www.niblcapital.com/ मार्फत हेर्ने सकिनेछ ।













