हकप्रद सेयर जारी गर्ने भएसँगै अपि पावरमा झुम्मिए लगानीकर्ता: आज ८ लाख कित्ता बिक्री, मूल्य कति ? « Arthapath.com
१६ असार २०८२, सोमबार

हकप्रद सेयर जारी गर्ने भएसँगै अपि पावरमा झुम्मिए लगानीकर्ता: आज ८ लाख कित्ता बिक्री, मूल्य कति ?



काठमाडौं । मंगलबार लगानीकर्ता अपि पावरको सेयरमा झुम्मिएका छन् । आज कम्पनीको सर्वाधिक सेयर कारोबार भएको हो ।

साताको पहिलो कारोबार दिन कम्पनीको २३ करोड २६ लाख ८ हजार ३८८ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । सो दिन कम्पनीको ८ लाख ५ हजार ५४५ कित्ता सेयर किनबेच भएको छ ।

आज कम्पनीको सेयर मूल्य पनि वृद्धि भएको छ । सो दिन कम्पनीको सेयर मूल्य ८.९७ प्रतिशत अर्थात प्रतिकित्ता २४ रुपैयाँ ५० पैसाले बढेर २९७ रुपैयाँ ५० पैसा पुगेको छ ।

कम्पनीले ७.५ प्रतिशत बोनस सेयरपछि कायम हुने ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २११ रुपैयाँ चुक्ता पुँजीमा ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हुदाँ लगानीकर्ता उक्त शेयरमा झुम्एिका हुन । उक्त हकप्रद शेयर निष्कासनका लागि कम्पनीले विद्युत नियमन आयोगमा आवेदन दिएको छ ।


प्रतिक्रिया दिनुहोस्