चार कम्पनीको सेयरमा सर्किट, यी लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.०१ अकंले घटेर २१७३.१० बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २४८ कम्पनीको १ करोड ३३ लाख ४ हजार १४० कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार ६०२ रुपैयाँको कारोबार भएको छ ।
बुधबार ४ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज पिपुल्स हाइड्रोपावर, बराही हाइड्रोपावर, हिमालयन उर्जा विकास र ग्रीन भेन्र्चसको सेयरमा सर्किट लागेको हो ।
