हकप्रद सेयर जारी गर्ने भएसँगै २ कम्पनीमा झुम्मिए लगानीकर्ताः कुनको कति बिक्री भयो सेयर ? « Arthapath.com
१६ असार २०८२, सोमबार

हकप्रद सेयर जारी गर्ने भएसँगै २ कम्पनीमा झुम्मिए लगानीकर्ताः कुनको कति बिक्री भयो सेयर ?



काठमाडौं । बुधबार शेयर बजार केही सामान्य अकंले घट्न पुग्यो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.०१ अकंले घटेर २१७३.१० बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २४८ कम्पनीको १ करोड ३३ लाख ४ हजार १४० कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार ६०२ रुपैयाँको कारोबार भएको छ ।

हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेका दुई कम्पनीमा भने लगानीकर्ता झुम्मिएका छन् । रिडी पावर र अपि पावरको आज सर्वाधिक सेयर खरिद बिक्री भएको छ ।

बुधबार लगानीकर्ता रिडी पावरको सेयरमा झुम्मिएका छन् । बुधबारको दिन कम्पनीको ३५ करोड ७८ लाख ५४ हजार ५३९ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । सो दिन कम्पनीको ५ लाख ९८ हजार ७७२ कित्ता सेयर किनबेच भएको छ । .कम्पनीको सेयर मूल्य ३.४८ प्रतिशतले बढेर अर्थात प्रतिकित्ता २० रुपैयाँले बढेर ५९४ रुपैयाँ पुगेको छ ।

कम्पनीले ४० प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीमा ५० प्रतिशत (१ः०.५० अनुपातमा) हकप्रद सेयर जारी गर्ने भएको हो । संचालक समितिको प्रस्ताव विद्युत नियमन आयोगमा अनुमतिका लागि पेश गराएको रआयोगले स्वीकृति दिएमा उक्त हकप्रद प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेश हुनेछ ।

त्यस्तै, आज अपि पावरको १९ करोड ७६ लाख २० हजार रुपैयाँको शेयर खरिद बिक्री भएको छ । बुधबार कम्पनीको ६ लाख ४० हजार ७६६ कित्ता शेयर किनबेच भएको हो । आज कम्पनीको सेयर मूल्य ३.१९ प्रतिशत अर्थात प्रतिकित्ता ९ रुपैयाँ ५० पैसाले बढेर ३०७ रुपैयाँ पुगेको छ ।

कम्पनीले ७.५ प्रतिशत बोनस सेयरपछि कायम हुने ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २११ रुपैयाँ चुक्ता पुँजीमा ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हुदाँ लगानीकर्ता उक्त शेयरमा झुम्एिका हुन । उक्त हकप्रद शेयर निष्कासनका लागि कम्पनीले विद्युत नियमन आयोगमा आवेदन दिएको छ ।


प्रतिक्रिया दिनुहोस्