नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ? « Arthapath.com
१६ असार २०८२, सोमबार

नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

बुधबार गुँरास लाइफ इन्स्योरेन्सको ७.४४२५ प्रतिशत बोनस बापतको १५ लाख ५१ ह्जार २ सय कित्ता र रुरु जलविद्युत परियोजनाको १० प्रतिशत बोनस बापतको ४ लाख ४८ हजार ४७६ दशमलव ०५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

गुँरास लाइफ इन्स्योरेन्सले कात्तिक ४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७.४४ प्रतिशत र रुरु जलविद्युत परियोजनाले कात्तिक ४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।


प्रतिक्रिया दिनुहोस्