७ श्रावण २०८३, बिहिबार

कालिञ्चोक दर्शनको आइपीओमा १० गुणा बढीको आवेदन, कति कित्ता भयो माग ?



काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको आइपीओमा माघ १० गुणा भन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार साँझ ४ बजेसम्ममा ७ लाख ८४ हजार ६३२ जना आवेदकहरुबाट ९२ करोड ३६ लाख ९५ हजार रुपैयाँ बराबरको ९२ लाख ३६ हजार ९५० कित्ता शेयरको लागि आवेदन परेको हो । जुन माग भन्दा १०.३० गुणा बढी हो ।

कम्पनीले माघ ३ गतेदेखि सर्वसाधारणका लागि छुट्याएको १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आजदेखि निष्काशन भएको हो ।

सोमध्ये कम्पनीले १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ भने ५ प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ । २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ८ लाख ९६ हजार ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा छिटोमा माघ ६ गते र सो अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा माघ १७ गतेसम्म थप हुनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्