७ श्रावण २०८३, बिहिबार

सेन्डमार्टिन इन्टरनेशन होल्डिंग लिमिटेड डी एच आइ को टेक्नोलोजी पार्टनर



काठमडौं । पछिल्लो समय नेपालमा घरेलु तथा विभिन्न विधुतिय उपकरणहरु विक्रि वितरण गर्दै आएको  DHi ले छोटो समयमानै नेपाली ग्राहकहरु माझ आफ्नो छुटै पहिचान वनाउन सफल भएको छ ।

नेपाली वजारमा लामो समय देखि सेटटप वक्स मात्र निर्माण गरिरहेको यो कम्पनीले नेपाली वजारमा गुणस्तरिय ग्राहकलाई आवश्यक सम्पुर्ण विधुतिय उपकरणहरु उत्पादन तथा विक्रिवितरण गर्न थालेको हो । पछिल्लो समय नेपालमा आफ्नो व्यवसायलाई लाई विस्तार संगै गुणस्तरिय विधुतिय उपकरण उत्पादन र विक्रिवितरण गर्नको लागि ताईवानको Sandmartin International Holding Limited लाई Technology Partner को रुपमा भित्राउन DHi सफल भएको छ ।

यो सम्झौता पश्चात DHi टेक्नोलोजी र नेपालमा विधुतिय उपकरण निर्माणको गति लाई अर्काे स्तरमा लैजान मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ ।


प्रतिक्रिया दिनुहोस्