एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन शेयर बजारमा झिनो सुधार देखिएको छ । हिजो केही सामान्य अंकले घटेको शेयर बजार आज भने केही सुधार देखिएको हो ।
लगानीकर्ताले अनेकौं अन्यौलका बीच नाफा बुक गर्ने खोज्दा शेयर बजार माथि उठन सकेको छैन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७१ अकंले बढेर २१७८.८१ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २४६ कम्पनीको ८२ लाख ४७ हजार ६४६ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३२९ रुपैयाँको कारोबार भएको छ ।
आज एनआइसी एशिया बैंकमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज १८ करोड ४ लाख ४४ हजार रुपैयाँ शेयर खरिद बिक्री भएको छ ।
साथै, रिडी पावरको १२ करोड ३२ लाख, पिपुल्स हाइड्रोपावरको १० कराृेड ४० लाख रुपैयाँ र अपि पावरको ९ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ ।
