सेञ्चुरीलाई प्राप्ति गरेको प्रभु बैंकको कस्तो छ वित्तीय प्रगति ? (विवरणसहित) « Arthapath.com
२३ असार २०८२, सोमबार

सेञ्चुरीलाई प्राप्ति गरेको प्रभु बैंकको कस्तो छ वित्तीय प्रगति ? (विवरणसहित)



काठमाडौं । हालसालै सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेको प्रभु बैंकले सवा अर्ब रुपैयाँ नाफा कमाएको छ । बैंकले शनिवार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९÷८० को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

बैंकले चालु आवको पुस मसान्तसम्ममा १ अर्ब १९ करोड ९९ लाख ६१ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा भने ४.९२ प्रतिशतले कमी हो । गत वर्षको दोस्रो त्रैमासमा बैंकले १ अर्ब २६ कराृड २० लाख १० हजार रुपैयाँ नाफा कमाएको थियो ।

सो अवधिमा बैंकको खुद ब्याज आम्दानी भने २०.०३ प्रतिशतले वृद्धि भई ३ अर्ब ३९ करोड ८ लाख ८२ हजार रुपैयाँ पुगेको छ । चालु आवको पुस मसान्तसम्ममा बैंकको कुल संचालन आम्दानी ४ अर्ब ३५ करोड ९४ लाख ४६ हजार रुपैयाँ कायम भएको छ भने संचालन मुनाफा १ अर्ब ६३ करोड ४१ लाख ९४ हजार रुपैयाँ कायम भएको छ ।

बैंकको संचालन नाफा गत वर्षको तुलनामा १२.५२ प्रतिशतले कमी देखिएको हो । सो अवधिमा बैंकको वितरण योग्य नाफा ३६ करोड ४२ लाख २४ हजार रुपैयाँ देखिएको छ ।

बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ रहेको छ । बैंकको जगेडा तथा कोषमा भने ९ अर्ब ४४ करोड ५३ लाख ६२ हजार रुपैयाँ राखेको छ ।

सो अवधिमा बैंकको कुल निक्षेप ५१.६५ प्रतिशतले वृद्धि भई २ खर्ब ७० अर्ब ९२ करोड ३३ लाख ७९ हजार रुपैयाँ पुगेको छ । बैंकको कर्जा प्रवाह पनि ६८.७९ प्रतिशतले वृद्धि भएको छ । चालु आवको पुस मसान्तसम्ममा बैंकले २ खर्ब ४५ अर्ब ३८ करोड ५५ लाख ७७ हजार रुपैयाँ कर्जा लगानी गरेको हो ।

सो अवधिमा बैंकको खराब कर्जा ०.७५ प्रतिशतले वृद्धि भई १.९८ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी भने ९ रुपैयाँ ६७ पैसाले घटेर १० रुपैयाँ १९ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ भने १४० रुपैयाँ १२ पैसा रहेको छ । सो अवधिमा बैंकको आधार दर ११.४४ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्