कृषि विकास बैंकले सेयरधनीहरुलाई दिगो र प्रतिस्पर्धी प्रतिफल दिन प्रयासरत छ: डेपुटी सिइओ सुवेदी « Arthapath.com
२३ असार २०८२, सोमबार

कृषि विकास बैंकले सेयरधनीहरुलाई दिगो र प्रतिस्पर्धी प्रतिफल दिन प्रयासरत छ: डेपुटी सिइओ सुवेदी



काठमाडौं । कृषि विकास बैंकका डेपुटी सिइओ प्रताप सुवेदीले बैंकले सेयरधनीहरुलाई उचित प्रतिफल दिन प्रयासरत रहेको बताएका छ्न ।


बैंकको ५६ औं वार्षिकोत्सबको अवसरमा डेपुटी सिइओ सुवेदीले यस्तो बताएका हुन । उनले सेयरधनीहरुलाई सधै दिगो र प्रतिस्पर्धी प्रतिफल दिन प्रयासरत रहेको जानकारी गराए ।

सोही अवसरमा अत्याधुनिक वाणिज्य बैंकिङ सेवालाई सहरदेखि ग्रामिण क्षेत्रका सर्वसाधारणको घरदैलोमा आधुनिक प्रविधि मार्फत जाड्ने कार्य गरी सम्पूर्ण बैंकिङ सुविधा सहितको तपाईं हाम्रो घरआँगनको बैंकको अनुभूति दिन बैंक सधै क्रियाशील रहेको बताए ।

उनले बैंकले आफ्नो कार्यक्षेत्रलाई फराकिलो, सुदृढ, प्रविधि मैत्री बनाउदै ग्राहकहरुलाई अत्याधुनिक बैंकिंग सुविधाहरु उपलब्ध गराउन सफल भएको दाबी गरे ।

सोही अवसरमा नेपाली बैंकिङ प्रणालीमा विगत केही समयदेखि तरलतामा आएको उतारचढाव तथा प्रोभिजन लगायत विभिन्न कारणहरूले निष्कृय कजीको भागमा केही वृद्धि देखिएता पनि यसलाई आगामी दिनमा आवश्यक व्यवस्थापन गर्ने डेपुटी सिइओ सुवेदीले प्रतिवद्द्ता व्यक्त गरे ।

हाल बैंकको कुल अधिकृत पुँजी रु २५ अर्ब र जारी तथा चुक्ता पुँजी रु. १८ अर्ब ६२ करोड रहेको छ । यसमध्ये साधारण चुक्ता पुँजी रु १३ अब १८ करोड रहेको छ जसमा नेपाल सरकारको हिस्सा ५१ प्रतिशत र करिव ३ लाख सर्वसाधारण शेयरधनीको हिस्सा ४९ प्रतिशत रहेको छ ।

यस्तै बैंकसँग नेपाल सरकारको लगानीमा रहेको नन्वयुमिलेटीभ इरोडेमेबल प्रिफरेन्स शेयर रु ५ अर्व ४३ करोड समेत रहेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ को लागि कर प्रयोजन समेत गरी ११ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस शेयर गरी कुल १३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्