संचालक नियुक्त र लाभांश पारितका लागि तारागाउँ रिजेन्सीको साधारण सभा फागुन ३ गते बस्ने « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

संचालक नियुक्त र लाभांश पारितका लागि तारागाउँ रिजेन्सीको साधारण सभा फागुन ३ गते बस्ने



काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले २६औं वार्षिक साधारण सभा फागुन ३ गतेका लागि बोलाएको छ । सभा नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप, काठमाडौंमा विहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

गत वर्षको मुनाफाबाट कम्पनीले हाल कायम चुक्तापूँजीको ८.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । सभाले गत आर्थिक वर्ष २०७८।०७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको गर्ने प्रस्ताप पारित गर्ने छ ।

साथै संचालक सुरेश राज जोशीको नियुक्ती, समूह ख बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक अरुण कुमार सर्राफ, सुरेश लाल श्रेष्ठ र देवेश सर्राफको पुनः नियुक्ती र स्वतन्त्र सञ्चालकहरुमा श्रीबत्स शम्शेर राणा, मनोज प्रसाद राजभण्डारीको पुनः नियुक्तीलाई समेत सभाले पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १८ गतेदेखि फागुन ३ गतेसम्म बुक क्लोज गर्ने भएको हुदाँ माघ १५ गतेसम्म कायम शेयरधनीहरू मात्र साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्