कालिका लघुवित्तले सेयरधनीहरुलाई १९ प्रतिशत बोनस दिने, नगद कति ?

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको माघ ६ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।
