सबैभन्दा धेरै नाफा बढाउने विकास बैंक बन्यो ‘शाइन रेसुङगा’ : इपिएस पनि बढ्यो, मुख्य सूचकहरु सकरात्मक

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा सबैभन्दा धेरै नाफा शाइन रेसुङगा डेभलपमेन्ट बैंकले बढेको छ ।
चालु आवको पुुस मसान्तसम्ममा बैंकले ४२ करोड ९६ करोड ७८ हजार रुपैयाँ गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा भने २३.१८ प्रतिशतले बढी हो । गत वर्षको दोस्रो त्रैमासमा बैंकले ३४ करोड ८८ लाख ३० हजार रुपैयाँ नाफा गरेको थियो ।
अन्य राष्ट्रिय स्तरका विकास बैंकको तुलनामा शाइन रेसुङगा डेभलपमेन्ट धेरै नाफा गर्ने बैंक बनेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा बैंकको खुद मुनाफामा सुधार आएको हो ।
सो अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ३०.४२ प्रतिशतले वृद्धि भई १ अर्ब ५ करोड ४५ लाख ७२ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा बैंकको यो आम्दानी ८० करोड ८५ लाख ३७ हजार रुपैयाँ रहेको थियो ।
यस्तै, चालु आवको ६ महिनामा बैंकको कुल संचालन आम्दानी १ अर्ब २० करोड ११ लाख ९६ हजार रुपैयाँ, संचालन नाफा ६१ करोड ७९ लाख ९ हजार रुपैयाँ रहेको छ । सो अवधिमा बैंकको वितरण योग्य नाफा १० करोड ९४ लाख २ हजार रुपैयाँ रहेको छ ।
बैंकको चुक्ता पुँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने १ अर्ब ४३ करोड ८३ लाख ८९ हजार रुपैयाँ राखेको छ ।
सो अवधिमा बैंकले ४९ अर्ब ४८ करोड ४५ लाख ८३ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४० अर्ब ४५ करोड ७१ लाख ६५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
चालु आवको पुस मसान्तसम्ममा बैंकको खराब कर्जा १.३१ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा भने बैंकको यस्तो कर्जा ०.९८ प्रतिशत रहेको थियो ।
यस्तै, बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ६ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ २१ पैसा रहेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी र नेटवर्थ क्रमशः १८ रुपैयाँ ४५ पैसा र १३६ रुपैयाँ ३३ पैसा रहेको थियो ।
शाइन रेसुङ्गा सहर तथा ग्रामिणमा ग्राहकहरुका लागि सहज वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले सहज बैंकिङ्ग पहुँच प्रदान गर्न केन्द्रित रहेको छ ।
बैंकले आम मानिसहरूलाई आफ्नो बचत व्यवस्थापन गर्न र सिर्जना गर्ने क्षमता र उपकरणहरू उपलब्ध गराउने र उनीहरूलाई सही वित्तीय निर्णयहरू लिनको लागि सीप र ज्ञानको साथ सशक्त बनाउनको लागि प्रतिवद्ध रहेको छ ।