शुभम पावरले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ जारी गर्ने « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

शुभम पावरले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ जारी गर्ने



काठमाडौं । शुभम पावर लिमिटेडले कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनील माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरिसकेकाले अव सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

उक्त आइपीओमा छिटोमा माघ २२ गते वा सो अवधिसम्ममा माग बमोजिको आवेदन नपरेमा फागुन ३ गतेसम्म लम्बिनेछ । आवेदकले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो शेयर प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्