सुपरमाई हाइड्रोपावरको आइपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँट गरेको छ । आयोजना प्रभावित स्थानीय क्षेत्रका लागि तथा बैदेशीक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरेको आइपीओ बाँडफाँट सम्पन्न भएको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका ५ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र ५ लाख कित्ता वैदेशिक रोजगारीमा गएकाहरुका लागि आइपीओ निष्काशन गरेको थियो । सो आइपीओ माघ १० गते बाँडफाँट भएको हो ।
आइपीओ सम्बन्धी नतिजा बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट https://www.sanima.capital र कम्पनीको वेबसाइट http://www.supermaihydro.com.np मार्फत हेर्ने सकिने छ ।













