नेपाल इन्स्योरेन्सका डिजीएम बस्नेतले दिए राजिनामा
नेपाल इन्स्योरेन्सका डिजीएम बस्नेतले दिए राजिनामा
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीका नायब महाप्रबन्धक (डीजीएम) निरज बस्नेतले राजिनामा दिएका छन् ।
उनले बिहीबार बिहान राजिनामा दिएका हुन् । कम्पनीका अनुसार साेही दिन उनको राजिनामा स्वीकृत गरेको बताइएको छ ।
बस्नेत २०७७ भदौ ९ गते कम्पनीको नायब महाप्रवन्धकमा नियुक्ति भएका थिए । उनले यसअघि प्रिमियर इन्स्योरेन्सको फाइनान्स हेडको रुपमा काम गरेको अनुभव पनि रहेको छ ।
बस्नेतकाे बीमा क्षेत्रमा करिव ६ वर्ष काम गरेकाे अनुभव रहेकाे छ ।













