स्वाद अलैंचीको, मीठास नेपालको स्परम्परागत र फ्युजन नेपाली परिकारहरुको रेसिपी बुक
काठमाडौं । २०२३स् वाह१ अलैंची अभियानले नेपालको विशिष्ट उत्पादन – अलैंचीको प्रयोग गरि तयार गरिने परम्परागत र फ्युजन नेपाली रेसिपीहरू सहितको पहिलो रेसिपी बुक सार्वजनिक गरेको छ। पुस्तकमा मास्टरशेफ सन्तोष शाह र प्रशिक्षार्थी तथा अन्य शेफहरूबाट विशेष रूपमा छानिएका ४० भन्दा बढी रेसिपीहरू समावेश गरिएका छन्। साथै रेसिपी बुकमा सेकुवा, चिया र खीर जस्ता सदाबहार व्यञ्जनहरूका लागि मसलाहरू तयार गर्ने विधि पनि समावेश गरिएका छन्।
यस पुस्तकमा समावेश गरिएका रेसिपीहरू, वाह१ अलैंची अभियान अन्तर्गत पहिलो चरणमा आयोजना गरिएको प्रशिक्षार्थीहरु बीचको खाना बनाउने प्रतियोगिताबाट संकलन गरिएको हो। सो प्रतियोगीतामा अलैंचीलाई मुख्य सामग्रीको रूपमा प्रयोग गरिएको थियो जसमा विराटनगर, सौराहा र काठमाडौंका होटलहरूका प्रोफेसनल शेफ तथा कलिनरी विद्यालयका युवा प्रशिक्षार्थीहरूले उत्साहका साथ सहभागी भएका थिए। प्रत्येक रेसिपीलाई काठमाण्डौंका प्रोफेसनल शेफहरूको टोलीद्वारा सावधानीपूर्वक चयन र परिक्षण गरिएको थियो।
सन् २०२२ जुलाई महिनामा नेपाल अलैंची व्यवसायी महासंघले उद्योग, कृषि तथा सहकारी मन्त्रालय प्रदेश १, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश १ र स्वीस सरकार विकास सहयोग ९स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसनको सहयोगमा होटल एसोसिएसन नेपाल ९ज्ब्ल्० सँगको सहकार्यमा, वाह१ अलैंची अभियान शुभारम्भ गरेको थियो । यो अभियान घरेलु तथा व्यावसायिक उपभोक्ता माझ अलैंचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्नमा केन्द्रित रहेको छ । साथै, यो अभियानले नेपाली घरपरिवारलाई अलैंचीको फाइदा र स्वादबारे जानकारी गराउने लक्ष्य राखेको छ।
हाल दोस्रो चरणमा रहेको वाह१ अलैंची अभियानले नेपाली बजार र घरघरमा अलैंचीको प्रयोग र उपभोगलाई प्रवर्द्धन गर्नेछ । यो अभियान अलैंचीलाई प्रवर्द्धन गर्न प्रमुख सरोकारवालाहरूसँगको सहकार्यमा केन्द्रित हुनेछ र साथै रेसिपी बुकको प्रवर्द्धन गर्न संचार माध्यम, निजी क्षेत्र र होटल एसोसिएसनसँग पनि काम गर्नेछ।
नेपाल अलैंची व्यवसायी महासंघ
नेपाल अलैंची व्यवसायी महासंघ नेपालमा अलैंची व्यवसायी उद्यमीहरूको छाता संगठन हो। यो वि।सं। २०६४ सन २००८० मा स्थापना भएको हो । नेपाल अलैंची व्यवसायी महासंघको केन्द्रीय कार्यालय झापा जिल्लाको बिर्तामोडमा रहेको छ। नेपाल अलैंची व्यवसायी महासंघमा एक हजार एक सय भन्दा बढी सदस्यहरू (निर्यातकर्ता, व्यापारी, सङ्कलनकर्ता र किसानहरू) आवद्ध छन्। देशभर एक लाख पच्चिस हजार भन्दा बढी किसान परिवारहरूले अलैंची उत्पादन गर्दै आएका छन्, नेपाल अलैंची व्यवसायी महासंघले मूख्यतया आफ्ना सदस्यहरूलाई उत्पादन, गुणस्तर सुधार र बजार पहुँचको सुविधाका लागि समन्वय गर्ने गरेको छ ।
होटल एसोसिएसन नेपाल
होटल एसोसिएसन नेपाल नेपालका तीनसय भन्दा बढी होटल, रिसोर्ट र गेस्टहाउसहरुको प्रतिनिधित्व गर्ने आतिथ्य उद्योगको अग्रणी प्रतिनिधि संस्था हो। नेपालका होटल व्यवसायीहरूको आधिकारिक प्रतिनिधि हो जसले तिनीहरूको वैध हितको रक्षा गर्दछ र यसका सदस्यहरू बिच एकता र सहयोगलाई बढावा दिन्छ।
५३ वर्ष भन्दा बढी समय देखि आफ्ना सदस्यहरूलाई सरकारसँग उच्च प्रोफाइल बनाएर, रणनीतिक र बजारिकरणका नविनतम कार्यक्रमहरू विकास एवं सञ्चालन गरेर, सञ्जालहरु सिर्जना गरेर, तिनीहरूको सरोकारका विषयकालाई उठाएर र हालको उद्योगहरुको बारेमा जानकारी र स्रोतहरू प्रदान गरेर उनीहरूको व्यवसायमा वृद्धि गर्न मद्दत गर्दछ। थप जानकारीको लागि कृपया यस वेवसाईट गर्नुहोसः https://www.hotelassociationnepal.org.np/
स्वीस सरकार विकास सहयोग (स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन)
नेपालको विकास र सहयोगका लागि स्वीस सरकार विकास सहयोगको प्राथमिकतामा रहेको नेपालसँगको घनिष्ठ सहयोग र साझेदारीको साठी वर्षभन्दा लामो इतिहास छ ।
नेपालमा स्विस सरकार विकास सहयोगले विशेष गरी महिला र पिछडिएका जनताको सामाजिक(आर्थिक विकासलाई बढावा दिने र दिगो र समावेशी संघीय संस्थाहरूको निर्माणमा मद्दत गर्दै मुख्यतया प्रदेश र स्थानीय तहमा कार्यक्रमहरुको कार्यान्वयनलाई केन्द्रित गर्छ। थप जानकारीको लागि कृपया हेर्नुहोसः https://www.eda.admin.ch/countries/nepal/en/home/international-cooperation/strategy.html
सहज – नेपाल कृषि बजार विकास कार्यक्रम दोस्रो चरण
सहज – नेपाल कृषि बजार विकास कार्यक्रम दोस्रो चरण नेपाल सरकार र स्वीजरल्यान्ड सरकार विचको द्विपक्षीय सझौता अन्तर्गत संचालनमा छ । सहज(स्वीस सरकार विकास सहयोग (स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन (को परियोजना हो र यसको कार्यान्वयन स्वीसकन्ट्याक्ट (लीड एजेन्सीको रुपमा) र वातावरण तथा कृषि नीति, अनुसन्धान, प्रसार एवम विकास केन्द्रले संयुक्त रुपमा गरिरहेको छ।
सहजले प्रदेश १ मा कृषि व्यवसायका लागि सेवा र नवप्रवर्तनमा पहूँच बढाउन वित्तीय एवम प्राविधिक सहयोग उपलब्ध गराँउछ। यसबाट साना किसानका माग वृद्धि हुनेछ, उनीहरुलाई मूल्य अभिवृद्धि आपूर्ति श्रृंखलामा आवद्ध गराउँछ र उच्च रोजगार तथा आयबाट ग्रामीण समुदायको उत्थानशीलतालाई बढाउँछ।













