हुलास १०० लखपति अफरः अधिकारी र भिमाद खानेपानीले पाए १/१ लाख रुपैयाँ, यस्ता छन् योजनाका सर्त
काठमाडौं । हुलासले माघ १५ गतेदेखि हुलास १०० लखपति अफर सार्वजनिक गरेको छ । एक महिना चल्ने उक्त योजना अन्तर्गत हरेक दिन २ जना बिजेतालाई १/१ लाख प्रदान गरिने कम्पनीले जनाएको छ ।
आज (माघ १६ गते) पहिलो दिन हुलासले २ बिजेताको नाम घोषणा गरेको हो । न्यूनतम ३ बण्डल हुलास रंगिन जस्तापाता खरिदमा गर्दा भक्तपुरका कृष्ण अधिकारी कुपन न ७०५१ (बि) बाट १ लाख नगद र भिमाद खानेपानी कुपन न ६५५१ (ए) ले १ लाख रुपैयाँ जित्न सफल भएका हुन ।

यो योजना २०७९ माघ १५ गतेदेखि चैत १५ गतेसम्म न्यूनतम ३ बण्डल हुलास रंगिन जस्तापाता खरिदमा उपलब्ध हुनेछ । लक्की ड्र मा सहभागी हुन उपलब्ध गराइएको कुपन र भ्याट बिलको फोटो खिचि एक एक प्रति ९८०१२१२६२६ नम्बरमा ह्वाटएप वा भाइबर मा अनिवार्य पठाउनु पर्ने छ । एउटा भ्याट बिल र कुपन एक पटक मात्रै सहभागी गर्न पाइने छ अन्यथा रद्ध हुने कम्पनीले जनाएको छ ।
उक्त योजनामा भाग लिन निम्न कुरा गर्नुपर्नेछ ।
१) यस योजनामा सहभागी हुनका लागि हुलास जस्तापाताको आधिकारिक डिलर, शाखा कार्यालय, डिपो तथा विक्रेताबाट मात्र खरिद गर्नु पर्नेछ ।
२) खरिद बमोजिम भ्याट बिल अनिवार्य काटिएको हुनु पर्नेछ ।
३) न्युनतम ३ बण्डल हुलास जस्तापाताको खरिदमा कम्पनीबाट एउटा भाग्यशाली कुपन उपलब्ध गराइने छ । सो भन्दा बढी खरिद गरिएको खण्डमा भ्याट बिलमा उल्लेखित संख्या बमोजिम ६ बण्डलमा २ वटा, ९ बण्डलमा ३ वटा अनुरुप हरेक ३ बण्डलको गुणनको हिसाबमा थप १ कुपन कम्पनिले Lucky Draw मा सामिल गरीदिनेछ ।
४) योजना अवधीभर हरेक दिन हुलास स्टिलको आधिकारिक facebook page- hulas बाट Lucky Draw मार्फत २ जनालाई प्रति व्यक्ति १ लाख नगद उपहार घोषणा गरिनेछ ।
५) यो योजनामा हुलास जस्तापाता विक्रेता, कर्मचारी र परिवारलाई समावेश गर्न पाईने छैन ।
६योजना अवधि अगावै वा सकिएपछिको बिल एवं कुपनलाई यस योजनामा समावेश गरिने छैन ।
७) कुपन तथा भ्याट विलको सक्कल प्रति योजना अवधिभर सुरक्षित राख्नुहोस् । उपहार दाबी गर्दा सक्कल कुपन र भ्याट विलको दुवै अनिवार्य समावेश गर्नु पर्नेछ ।
८) उपहार धनराशीमा नेपाल सरकार बमोजिम कर लागू हुनेछ ।
९) आफ्ना ग्राहक वर्गलाई यस लखपती योजनामा सहभागी गराउन अनिवार्य रुपमा सम्बन्धित ग्राहकहरुलाई उचित मार्ग दर्शन गर्नुहुन अनुरोध गर्छ ।
पुरस्कार प्राप्त गरेका कुपनहरु बाहेक यस योजना अर्न्तगत पठाएका कुपनहरु योजना अवधिभर हरेक लक्की ड मा समावेस गरिनेछ
















