थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७८ पुग्यो « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७८ पुग्यो



काठमाडौं । नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महोत्तरी र काभ्रेमा १÷१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार महोत्तरीका ५२ वर्षका पुरुष र काभ्रेका २६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । यो सहित नेपालमा संक्रमितको संख्या २७८ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्